नियम १०क
लगानी गर्न नसक्ने
कुनै एक अनुमतिपत्र प्राप्त व्यक्ति, त्यसको सहायक कम्पनी, सञ्चालक, आधारभूत शेयरधनी वा निजको परिवारको सदस्य वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको कुनै फर्म वा कम्पनीले अर्को अनुमति प्राप्त व्यक्तिको पूँजी संरचनामा एक प्रतिशत भन्दा बढी स्वपूँजी (इक्वीटि) वा क्रण:दिई लगानी गर्न वा गराउन सक्ने छैन । स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “परिवार” भन्नाले अनुमतिपत्र प्राप्त व्यक्तिको सञ्चालक वा आधारभूत शेयरधनीको सगोलको पति वा पत्नी, छोरा, बुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु; आमा, सौतेनी आमा र आफूले पालनपोषण गर्नुपर्ने दाजुभाउजु, भाइबुहारी र दिदी बहिनी सम्झनु पर्छ ।